६ पुष २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुससँग नेपाली राजदूत भण्डारीको भेट
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्राविधिक समाचारबिचारमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुससँग नेपाली राजदूत भण्डारीको भेट

चितवन। बंगलादेशको अन्तरिम सरकार प्रमुख (मुख्य सल्लाहकार) मुहम्मद युनुससँग बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले भेटवार्ता गरेका छन्।

नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ।

Nepal Himalayas Tours and Travel

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिनुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरे।

भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिए। दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए।

प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकलगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो।

त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको पत्र हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको  समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गर्नुभएको दूतावासले जारी गरेका विज्ञप्तिमा जनाइएको छ।

बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा  विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति  कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरे।

ल्लाहकार युनुसले शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न जलविद्युतको प्रयोग गर्नुका फाइदाहरूमा जोड दिएका थिए। उनले दुई देशबीचको आपसी लाभकारी सहयोगलाई छिट्टै प्राप्त गर्नुपर्नेमा पनि जोड दिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button