५ पुष २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इटहरीमा सुरुभयो नगरवासीको सुविधालाई दृष्टिगत गरी विद्युतीय बस सेवा
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशप्रवासमुख्य समाचारसफलताको कथास्थानीय तह

इटहरीमा सुरुभयो नगरवासीको सुविधालाई दृष्टिगत गरी विद्युतीय बस सेवा

इटहरी। नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बस सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चार वटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो ।

Nepal Himalayas Tours and Travel

६ करोड ३६ लाखमा खरिद भएका ४ वटा विद्युतीय बस मार्फत स्थानीय नागरिकको यात्रालाई सहज बनाइने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो र जनताको सेवामा केन्द्रीय हुने उनको भनाइ छ । रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलका अनुसार नगर बसको भाडा २० रुपैयाँ तोकिएको छ । असोज १ गते विश्वकर्मा पूजाको सकेपछि बुधवारबाट दुई सिफ्टमा बस सञ्चालन हुने उनको भनाइ छ ।

पहिलो चरणमा नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ । गत साउन २२ गते रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्न सक्ने छन् ।

वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ । इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ ।

अर्कातर्फ इटहरी चोकबाट तालतलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्यचोक ल्याउने गरी रुट तय भएको हो ।

त्यसैगरि उपमहानगरपालिका बाट पश्चिम लाइन लबीपुर हुँदै १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button