१८ पुष २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एक हजार बंगलादेशीको भारत पस्ने प्रयास असफल, सीमामै रोकिए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

एक हजार बंगलादेशीको भारत पस्ने प्रयास असफल, सीमामै रोकिए

चितवन। बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण छ। प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दु बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ।

यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दु पश्चिम बंगालको जलपाईगुडीमा रहेको भारत-बंगलादेश सीमामा आइपुगेका छन्।

Nepal Himalayas Tours and Travel

उनीहरू सीमा पार गरेर भारत आउन चाहन्छन्। तर उनीहरूलाई बीएसएफले भारत पस्न नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीएसएफले उनीहरूलाई सतकुरा सीमामै रोकेको हो। यो घटना जलपाइगुडी जिल्लाको दक्षिण बेरुबारी पञ्चायतको हो।

बुधबार दिउँसो एक हजारभन्दा बढी बंगलादेशी, जसमा अधिकांश हिन्दु थिए, भारतीय सीमामा घुसपैठ गर्ने प्रयास गरेका थिए।

यसको सूचना पाएपछि बीएसएफले त्यहाँ पुगेर घुसपैठ रोकेको हो।

सीमामा भेला भएका बंगलादेशीहरू भारत प्रवेश गर्न आतुर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button