Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशमुख्य समाचारस्थानीय तह
कोशी प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को हिजोको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।
सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्।
भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदैछ ।