१८ पुष २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अहिलेको सरकार कसैलाई दुःख दिन बनेको होइन : प्रधानमन्त्री ओली
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

अहिलेको सरकार कसैलाई दुःख दिन बनेको होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन संशोधनका लागि बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले अर्थतन्त्र सुधारका लागि यो सरकार बनेको दावी गरे ।

Nepal Himalayas Tours and Travel

‘यो सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्र सुधार, समाज सुधारका लागि बनेको हो । यो सरकारले कसैप्रति पूर्वाग्रह राख्दैन । कसैलाई दुःख दिने काम गर्दैन,’ प्रधानमन्त्री ओलीले भने । उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताएका छन् । भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘भ्रष्टाचार निवारण ऐन संशोधन हुन जरुरी छ । न्यूनीकरण र अन्त्यका लागि संशोधन आवश्यक छ,’ उनले भने ।

उनले गल्ती गर्ने कसैको अनुहार समेत नहेर्ने बताएका छन् । त्यस्ता जोकोही व्यक्तिलाई कानुनको कठघरामा उभ्याउने उनको भनाइ छ । ‘कसैले गल्ती गर्छ भने भ्रष्टाचार गर्छ भने अनुहार पनि हेरिँदैन । उम्किन पनि पाउँदैन, कठघरामा उभ्याइन्छ,’ ओलीले भने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button