१८ पुष २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महिलाको टाउकोमा जुम्रा देखेपछि विमानकाे आकस्मिक अवतरण, कसरी भयो त्येस्तो ?
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्रवासप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

महिलाको टाउकोमा जुम्रा देखेपछि विमानकाे आकस्मिक अवतरण, कसरी भयो त्येस्तो ?

चितवन । लस एन्जलस–न्यूयोर्क एयरलाइन्सको एउटा अनौठो घटना बाहिर आएको छ जसमा एक महिलाको टाउकोमा जुम्रा देखिएपछि अमेरिकन एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । घटना यही जुन १५ को हो ।

Nepal Himalayas Tours and Travel

यो उडान लस एन्जलसबाट न्यूयोर्क जाँदै थियो । सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा आफ्नो अनुभव खुलासा गरेका छन् । विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू छक्क परेका थिए ।

पछि यो आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा रहेको खुलेको थियो । विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको हो ।

उनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान अचानक फिनिक्समा आकस्मिक अवतरण भयो । त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो ।

तर जब विमान अवतरण भयो तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् ।

पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो । एकजना महिलाको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।

दुईजना युवतीहरुले एक महिलाकाे टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए । करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्य तर्फ उडेको थियो ।

टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button