२ कार्तिक २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बङ्गलादेशको आन्दोलनका कारण ४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता रोकियो - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

बङ्गलादेशको आन्दोलनका कारण ४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता रोकियो

काठमाडौँ । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता रोकिएको छ ।

बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि खरिद-बिक्री सम्झौता रोकिएको हो ।

Nepal Himalayas Tours and Travel

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।

बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शनका क्रममा भएका झडपहरूमा परी बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ । दक्षिणी बन्दरगाह सहर चटगाउँमा ३ जना, राजधानी ढाकामा २ जना र उत्तरी सहर रंगपुरमा एक जनाको ज्यान गएको हो ।

बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।

यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button