Banner NewsBanner news (with photo)ताजा समाचारदेश
सुनको मूल्य २४ सयले घट्यो, कतिमा हुदैँछ कारोबार ?
![आज सुनको मूल्य घट्यो-gold price](https://nepalrastrakhabar.com/wp-content/uploads/2024/07/आज-सुनको-मूल्य-घट्यो-780x470.jpg)
चितवन। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
बुधबार १ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।