११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
न्यूरोड फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम गर्न थाले वडाध्यक्ष महर्जन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

न्यूरोड फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम गर्न थाले वडाध्यक्ष महर्जन

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका २२ नम्बर वडा कार्यालयले न्यूरोड फुटपाथ विस्तारको बिरोद गर्दै न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ ।

महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।

Nepal Himalayas Tours and Travel

वडाध्यक्ष चिनीकाजी महर्जनले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए । उनले न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने बताइएको छ ।

‘संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेका छौं,’ वडासदस्य तुलाधरले भने । उनले न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने बताए ।

काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button