४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ईश्वर पोखरेल खुलासा: आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बनेकाे हाे - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

ईश्वर पोखरेल खुलासा: आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बनेकाे हाे

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को साथ नलिने सर्तमा नयाँ समीकरण बनेको खुलासा गरेका छन् ।

शुक्रबार कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नबोक्ने सर्तमा कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको खुलासा गरेका हुन् ।

Nepal Himalayas Tours and Travel

पोखरेलले राजनीति स्थायित्वका लागि कांग्रेस-एमाले सरकार बनेको बताए । देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उनको भनाइ थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको वामपन्थी सरकार ढलेको उनले टिप्पणी गरे । प्रचण्डकै बेइमानीले वामपन्थी सरकार ढलेको उनको दाबी थियो ।

पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले अब नेपालमा साना पार्टीको काम नभएको बताए । मधेशका पार्टी विगतदेखि नै पद लोलुपताले फुटेको उनले दाबी गरे ।

पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै बेइमानीका कारण नयाँ गठबन्धन बनेको पनि बताए । ‘सरकार प्रचण्डैकै कारण फेरिएको हो,’ उनले भने, ‘कहिले यता, कहिले उता गर्ने प्रचण्डको अस्थिरता नै सरकार परिवर्तनको कारक हो ।’

उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिलेको पनि बताए । ‘प्रचण्ड प्रधानमन्त्री बन्दा मुलुकको राजनीतिक अवस्था अस्थिर बन्यो । हुँदाहुँदै २० सिटे प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूको सरकार बनाएका हौँ,’ उनले भने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button