१८ पुष २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
टी–२० विश्वकप: शनिबार बिहान नेपाल र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

टी–२० विश्वकप: शनिबार बिहान नेपाल र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

आईसीसी टी–२० विश्वकप : नेपालको राष्ट्रिय क्रिकेट टोलीले शनिबार नेपाली समय अनुसार बिहान ५ः१५ बजे वेस्ट इन्डिजको किङ्स्टाउन, सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

Nepal Himalayas Tours and Travel

नेपाली टोलीले वेस्ट इन्डिज पुगेर अभ्यास गरेको छ । नेपाली टोलीको अभ्यासमा क्रिकेटर सन्दीप लामिछाने पनि सहभागी छन्।

आईसीसी टी–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीले पहिलो पटक दक्षिण अफ्रिकासँग खेल्ने भएको छ । सन् २००६ को यू–१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई २ रनले पराजित गरेको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

विश्वकपको समूह चरणको चौथो र अन्तिम खेलमा नेपालले जुन १७ मा बंगलादेशसँग खेल्नेछ ।

लगातार तीन जित निकालेर सुपर-८ मा स्थान पक्का गरिसकेको दक्षिण अफ्रिकाविरूद्ध नेपालको खेल चुनौतीपूर्ण देखिएको छ।

नेपालका लागि सुपर-८ मा स्थान बनाइसक्न दक्षिण अफ्रिकाविरूद्ध जित निकाल्नु पर्ने बाध्यता छ। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलंका विरूद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

क्यारेबियन राष्ट्र सेन्ट भिसेन्टमा हुने खेलअघि नेपालका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिका विरूद्धको खेल चुनौतीपूर्ण भएको स्वीकार गरे। उनले सन्दीप लामिछाने टोलीमा थपिँदा केही आसा बढ्ने पनि बताए। तर सन्दीपले पछिल्लो ६ महिनादेखि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।

‘दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सके हामीले बलिङमा राम्रो गर्न सक्छौं भन्ने लाग्छ। अर्को तर्फ हाम्रो टोलीमा सन्दीप दाइ पनि थपिनुभएको छ,’ रोहितले भने।

दक्षिण अफ्रिकासहित अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे मात्र नेपाल सुपर-८ मा पुग्नेछ। तर त्यो चुनौती पार गर्न नेपालका लागि कठिन छ।

‘दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको छ। बंगलादेश पनि राम्रो टोली हो। हाम्रा लागि सुपर-८ मा पुग्न दुवै खेल जित्न पर्छ। हामी अगाडिका चुनौती स्वीकार गर्न तयार छौं,’ उनले भने।

अमेरिकामा भएका दुई खेलमा जितबिहीन बन्न परेको नेपालका लागि विकेट र कन्डिसनले असर गरेको देखिन्छ।

ps: CAN

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button