५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नवलपरासीमा पाँच लाख मूल्य बढीका अवैध सामान तथा नदीजन्य पदार्थ बरामद
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

नवलपरासीमा पाँच लाख मूल्य बढीका अवैध सामान तथा नदीजन्य पदार्थ बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा नेपाल ल्याइएका करिब चार लाख मूल्यका सामान बरामद गरेको छ ।

भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा ल्याइएका ३ लाख ९४ हजार ४१७ रुपैयाँबराबरका सामान नियन्त्रणम लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जनाएको छ । यस्तै, नारायणी नदीका विभिन्न स्थानबाट अवैधरुपमा दोहन कार्यमा संलग्न सवारीसाधन नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएकामा १ लाख ७५ हजार रुपैयाँबराबरको राजस्व असुल भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुनवल र अस्थायी प्रहरी बिट भूमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं १२ भूमही चोकस्थितबाट २ लाख १० हजार ६६० रुपैयाँबराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियास्थितबाट ९६ हजार ७४२ रुपैयाँबराबरको सामान नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, जल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानहरुबाट १५५ केजी प्याज र खुद्रा सामग्री गरी ७० हजार १५ रुपैयाँबराबरको विभिन्न प्रकारका औषधिहरु नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं ७ गणेशपुरस्थितबाट युरिया मल १४ बोरा र चिनी दुई बोरागरी २२ हजार रुपैयाँबराबरको नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरी टोलीले नारायणी नदीबाट अवैधरुपमा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा छवटा सवारीसाधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित गाउँपालिकामा पठाइएको जसमध्ये तीनवटा सवारीसाधनबाट १ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल भएको र अन्यबाट असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker