६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चेक बाउन्सको मुद्दामा पैसा फिर्ता दिएमा मिलापत्र गर्न सकिने व्यवस्था थप
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारसूचना / प्रबिधिस्थानीय तह

चेक बाउन्सको मुद्दामा पैसा फिर्ता दिएमा मिलापत्र गर्न सकिने व्यवस्था थप

काठमाडौं । चेक बाउन्स (अनादर) मुद्दामा अधिकतम २ वर्षसम्म कैद सजाय प्रस्ताव गरेको सरकारले सो मुद्दामा मिलापत्र पनि गर्न सकिने व्यवस्था थप गरेको छ ।

आइतबार संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकमा प्रतिवादीले चेकमा उल्लेख भएको रकम चेक लिने व्यक्तिलाई बुझाएमा मिलापत्र हुन सक्ने व्यवस्था गरिएको छ ।

संघीय संसदको प्रतिनिधि सभामा पेश भएको विधेयकमा खातामा रकम नभई चेक जारी गर्ने विरुद्ध पीडितले उजुरी गरेको अवस्थामा २ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान समेटिएको छ । यसैगरी ५ लाख रुपैयाँसम्म बिगो भएमा १ महिना, ५ देखि १० लाखसम्म बिगो भएमा ३ महिना, १० लाखदेखि ५० लाखसम्म बिगो भएमा ६ महिनासम्म र ५० लाखभन्दा बढी बिगो भएमा २ वर्षसम्म कैद सजाय तोकिएको छ ।

विद्यमान ऐन चेक अनादरमा बैंकिङ कसुर हुने भएकाले सिधै कालोसूचीमा पर्ने प्रावधान छ । तर, मिलापत्रको व्यवस्था थिएन । यही कारण पछिल्ला वर्षमा कालोसूचीमा पर्ने नागरिकको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनमा कालोसूचीमा पर्ने संख्यामध्ये ९० प्रतिशत चेक बाउन्सको रहेको कर्जा सूचना केन्द्रको तथ्यांक छ ।

प्रस्तावित विधेयकमा मिलापत्रका लागि निवेदन परे सरकारी वकिलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराइदिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकृतलाई आदेश दिनुपर्ने व्यवस्था छ । त्यसरी मिलापत्र भएमा प्रतिवादी ऐनअनुसार सजायको भागीदार हुने छैन । चेक अनादर गरेको प्रमाणित भएको मितिले ३ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिनेछ ।

 

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker