१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सात शिशुको हत्या अभियोगमा बेलायती नर्सलाई जन्मकैद सजाय – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारशिक्षासुरक्षा/अपराधस्वास्थ्य

सात शिशुको हत्या अभियोगमा बेलायती नर्सलाई जन्मकैद सजाय

एजेन्सी । बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया एक नर्सलाई त्यहाँको अदालतले जन्मकैद सजाय सुनाएको छ ।

लुसी लेट्बी नामकी नर्सले आफू कार्यरत अस्पतालमा जन्मिएका कम्तीमा सात शिशुको हत्या गरेको समाचार गत साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।

नर्दन इंग्ल्याण्डको चेस्टर अस्पतालमा उनी कार्यरत छँदा २०१५ देखि २०१६ को अवधिमा उनले ती नवजात शिशुलाई अत्यधिक दूध खुवाएर तथा सुईबाट विष दिएर हत्या गरेको खुलासा भएको हो ।

म्यान्चेस्टर क्राउन कोर्टका न्यायाधीशले सोमबार उनीविरुद्ध जन्मकैद को फैसला सुनाएका हुन् । ‘तिमीले यस्तो कार्य गर्‍यौ जुन बच्चाहरूको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूर्ण रूपमा विपरीत थियो,’ न्यायाधीशले भनेका छन, ‘तिमीले जानाजान तिनीहरूलाई मार्ने उद्देश्यले चोट दियौ । तिम्रो प्रमाणमा तिमीले भन्यौ कि बच्चालाई चोट पुर्‍याउनु भनेको सबै कुराको विरुद्ध हो । तिमीले आफ्नो बाँकी जीवन जेलमै बिताउनेछौ ।’

जवकि नर्स लुसीले भने अदालतमा उपस्थित हुन इन्कार गरेकी थिइन् । र न्यायाधीशले भिडियो मार्फत् नै उनलाई सजाय सुनाएका थिए । जहाँ पीडितका परिवार भने उपस्थित थिए । स्थानीय मिडियाका अनुसार बेलायती प्रधानमन्त्री ऋषि सुनकले ती नर्सलाई उपस्थित हुन इन्कार गरेकोमा ‘कायर’ को रूपमा टिप्पणी गरेका थिए ।

यस प्रकृतिको शिशु हत्याको घटना बेलायती इतिहासमै डरलाग्दो भन्दै विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरूले आलोचना गरेका थिए । छोटो अवधिमा शिशु मृत्युको क्रम बढेपछि लुसी कार्यरत अस्पतालका केही चिकित्सकले उनीमाथि नै शंका गर्दै घटनाको छानबिनका लागि अस्पताल प्रशासनसँग बारम्बार आग्रह गर्दै आएका थिए । अस्पतालका सञ्चालकले भने यस घटनाको छानबिनका लागि लामो समयसम्म चासो देखाएका थिएनन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button