२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतीय सिमानाको मटिहानी नगरपालिकामा सबैभन्दा अग्लो राष्ट्रिय झन्डा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशफिचरमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह

भारतीय सिमानाको मटिहानी नगरपालिकामा सबैभन्दा अग्लो राष्ट्रिय झन्डा

साउन १८, महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै
सवैभन्दा अग्लो  झण्डा फहरायो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उदघाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन ।

सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानी ले फहराएको झण्डा  सामान्य लागेतापनी निक्कै ठुलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ  ।

मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानियहरु इमानदार नभएको संगिन आरोपका विचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाइ लिएर गिज्याउनेहरुलाई समेत लज्जित वनाइदिएको छ  ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने बिषयले चर्चा पाइरहेको वेला उदघाटन पछि  मटिहानीको आकाशमा  फरफराएको नेपालको झण्डाले उत्तर पनि सगैँ दिइरहेको छ । `यो झण्डाले कति महत्त्व वोकेको छ भन्ने सवैले बिस्तारै थाहा पाउँछन,´ नगरप्रमुख मण्डलले खुसी हुँदै भने ।

उपराष्ट्रपति यादवले पनि झण्डाको उदघाटन गर्दै खुसी ब्यक्त गरेका छन् । `नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेशको गौरव वढाएको छ,´ उनले भनेका छन् ।

ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएकाे छ।

यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विध्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाइ ल्याएका छन् ।

देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन । मटिहानीलाइ सहभागी  बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।

`त्यसैले मटिहानीमा बेला-बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,´ स्थानिय रामसेवक मण्डलले भने । उनका अनुसार नेपाल-भारतको समबन्धलाइ बलियो वनाउन देखि सताब्दीऔ पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पती  भएको केन्द्रिय नेताहरु आएर भाषण गरेतापनी व्यवहारिकरुपमा भने कार्यान्वयन हुन सकेको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker