५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तनहुँ व्यास नगरपालिका-५ मा श्रीमानद्वारा श्रीमतीको हत्या - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

तनहुँ व्यास नगरपालिका-५ मा श्रीमानद्वारा श्रीमतीको हत्या

१७ साउन, तनहुँ । आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आलेले आफनै श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

साथै गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker