१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राजेन्द्र लिङ्देनद्वारा ठूला भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीति

राजेन्द्र लिङ्देनद्वारा ठूला भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । पार्र्टीनिकट महिला संगठनको महाधिवेशनलाई आइतबार उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले वाइडबडी, लडाकु शिविरलगायतको फाइल खोल्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

अध्यक्ष लिङ्देन भने, ‘लामो समयदेखि नक्कली शरणार्र्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउमा परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेको छ । म यहीँबाट सरकारलाई भन्न चाहन्छु– यो छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन ।’

उनले प्रधानमन्त्री प्रचण्डले सुनियतका साथ सुविचारका साथ यो कदम अगाडि बढाएको र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राप्रपाले समर्थन गर्ने बताए । उनले भने, ‘उहाँले वाइडबडी लगायतको फाइल खोल्नुपर्छ । प्रचण्ड कति वर्ष सरकारमा बस्ने हो राप्रपा समर्थन गर्न तयार छ ।’

अध्यक्ष लिङ्देन ले माओवादी लडाकु शिविरको घोटला काण्डबारे पनि फाइल खोल्न आग्रह गर्दै भने, ‘लडाकु शिविरको घोटाला उहाँकै शीरमाथि लागेको छ । फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button