१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाली नागरिकता बनाएको आरोप १० जना भारतीय पक्राउ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

नेपाली नागरिकता बनाएको आरोप १० जना भारतीय पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भएपनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, शंखमुल र ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुसँग नेपालको मतदाता परिचयपत्र र भारतीय परिचयपत्र समेत फेला परेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker