१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बैतडी जीप दुर्घटनाको मृतक ६ जनाकै पहिचान
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसुदूरपश्चिम प्रदेशस्थानीय तह

बैतडी जीप दुर्घटनाको मृतक ६ जनाकै पहिचान

चैत २८, बैतडी । बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो । मृतक ६ जनाकै पहिचान खुलेकाे प्रहरीले बताएकाे छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप मंगलबार राति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएकाे उहाँले बताउनुभयाे । १२ जना सवार जीप सडकबाट ५ सय मिटर तल खसेको थियाे ।

जीप चालक चालक फरार रहेका छन् । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker