१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोरोना संक्रमणबाट नेपालमा तीन महिनापछि एक जनाको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारस्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा तीन महिनापछि एक जनाको मृत्यु

२८ चैत, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको हो ।

काठमाडौँको वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको आज मंगलबार विहान  कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

४७६ जनामा पिसिआर परिक्षण गर्दा ७४ जना र १९६० जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी जम्मा २४३६ नमुनाको परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेर निको भएका छन् ।

हाल देशभर ४६९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ६० लाख २४ हजार ७२७ पिसिआर परीक्षण भएको छ भने १५ लाख ५१ हजार ५१६ एन्टीजेन परीक्षण गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button