१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
के हो रेसियो एनालाइसिस ? लगानी निर्णय लिन सघाउने पाँच रेसियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थादेशफिचरराजनीतिसूचना / प्रबिधि

के हो रेसियो एनालाइसिस ? लगानी निर्णय लिन सघाउने पाँच रेसियो

लगानीकर्ता आफैले पनि कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण अध्ययन गरी रेसियो एनालाइसिस गर्न सक्छन् । उक्त एनालाइसिसको आधारमा उनीहरूले लगानीको निर्णय समेत लिन सक्छन् ।

काठमाडौं । शेयर बजारका विज्ञ एवं जानकारहरू कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको रेसियो एनालाइसिस गर्नुपर्ने बताउँछन् । तर अधिकांश लगानीकर्तामा विज्ञहरूले मात्र रेसियो एनालाइसिस गर्न सक्छन् भन्ने बुझाइ रहेको पाइन्छ ।

अमेरिकाको न्यूयोर्कस्थित आर्थिक मिडिया इन्भेस्टोपेडियाका अनुसार कम्पनीहरूले प्रकाशित गरेको ब्यालेन्स सिट, आय विवरण लगायत वित्तीय विवरणहरूको अध्ययन गरेर कम्पनीको तरलता, लिभरेज, नाफा लगायतको वित्तीय अवस्था अध्ययन गर्ने विधिलाई नै रेसियो एनालाइसिस भनिन्छ ।

कम्पनीहरूले प्रत्येक त्रैमासको अन्त्यमा वित्तीय विवरणहरू प्रकाशन गर्छन्, अर्थात् कम्पनीहरूले एक वर्षमा चारओटा त्रैमासिक विवरण प्रकाशन गर्छन् । उक्त वित्तीय विवरणको आधारमा सजिलैसँग रेसियो एनालाइसिस गर्न सकिन्छ ।

कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरणहरूमा कम्पनीको वित्तीय अवस्था विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ । तर विषयगत क्षेत्रका व्यक्तिबाहेक अन्यलाई रिपोर्टमा भएका विषय बुझ्न निकै मेहनत गर्नुपर्छ । रेसियो एनालाइसिसले कम्पनीको वित्तीय अवस्थाबारे सजिलैसँग बुझ्न मद्दत गर्दछ ।

नेपालमा अहिले अधिकांश नवप्रवेशी लगानीकर्ता शेयर बजारमा लगानी गर्न अरूको भर पर्ने गरेको पाइन्छ । बजारमा अहिले लगानी गर्नुअघि ‘टिप्स’ माग्ने लगानीकर्ता धेरै भेटिन्छन् । तर रेसियो एनालाइसिसको सहायताले लगानीकर्ता आफैले पनि कम्पनीबारे बुझेर लगानी गर्न सक्छन् । यसको मद्दतले सम्बन्धित क्षेत्रका कम्पनीको तुलना गर्न पनि सहज हुन्छ ।

शेयर बजारका विज्ञहरूले कम्पनीहरूले प्रकाशन गर्ने वित्तीय विवरणको आधारमा दर्जनौं किसिमका रेसियो अध्ययन गर्ने गरेको पाइन्छ । तर विषयगत वित्तीय विज्ञबाहेक अन्यलाई ती रेसियो अध्ययन गर्न सहज हुँदैन । शेयर बजारका लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको आधारमा केही रेसियो आफैले अध्ययन गरेर सजिलैसँग लगानीको निर्णय गर्न सक्छन् । शेयर बजारमा लगानी गर्नुपूर्व सजिलैसँग अध्ययन गर्न सकिने पाँच रेसियो निम्न छन् :

अर्निङ पर शेयर (ईपीएस)
अर्निङ पर शेयर (ईपीएस)लाई कम्पनीको नाफाबारे अध्ययन गर्ने महत्त्वपूर्ण रेसियो मानिन्छ । ईपीएसको आधारमा कम्पनीको प्रतिशेयर आम्दानीबारे सजिलैसँग बुझ्न सकिन्छ । उदाहरणका लागि कम्पनीको ईपीएस ५० रुपैयाँ छ भने उक्त कम्पनीको एक कित्ता शेयरले ५० रुपैयाँ आम्दानी गरेको भन्ने बुझिन्छ । कम्पनीको कुल आम्दानीलाई कुल शेयर संख्याले भाग गरेर ईपीएस निर्धारण गरिन्छ ।

लगानीकर्ताले समूहगत कम्पनीहरूको ईपीएसको तुलनात्मक अध्ययन गरी सजिलैसँग लगानीको निर्णय लिन सक्छन् । ईपीएस धेरै भएको कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ । तर लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्नुअघि कम्पनीको विगतका वर्षको ईपीएस पनि अध्ययन गर्नुपर्छ ।

प्राइस अर्निङ रेशियो (पीई रेसियो)
प्राइस अर्निङ रेसियो (पीई रेसियो)ले बजारमा अहिले कम्पनीको शेयर सस्तो वा महँगो मूल्यमा कारोबार भइरहेको छ भन्ने अध्ययन गर्न मद्दत गर्दछ । उदाहरणका लागि कुनै कम्पनीको पीई रेसियो १० गुणा छ भने सो कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा शेयरमूल्य १० गुणा बढी भएको बुझिन्छ । कम्पनीको शेयरमूल्यलाई ईपीएसले भाग गरेर पीई रेसियो निकालिन्छ ।

सामान्यतया पीई रेसियो कम भएको कम्पनीमा लगानी गर्नु उपयुक्त मानिन्छ । तर पीई रेसियो कम छ भन्दैमा कम्पनीका अन्य वित्तीय अवस्था अध्ययन नगरी लगानी गर्दा जोखिम पनि हुन सक्छ । त्यसैले लगानीको निर्णय लिनुअघि कम्पनीको ईपीएस, आरओई लगायत अन्य रेसियो अध्ययन गर्न पनि उत्तिकै आवश्यक छ ।

डेट टु इक्विटी रेसियो
डेट टु इक्विटी रेसियोले कम्पनीको ऋण र इक्विटीको हिस्सा बुझ्न सघाउँछ । डेट टु इक्विटी रेसियोको सहायताले कम्पनीले लिएको कुल ऋण र कम्पनीमा शेयरधनीको लगानी भएको पूँजीबारे जानकारी लिन सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको डेट टु इक्विटी रेसियो २:१ छ भने कम्पनीले इक्विटीको दुई गुणा ऋण बुझिन्छ । यस्तो अवस्थामा कम्पनीले आर्जन गरेको नाफा शेयरधनीलाई लाभांश दिनेभन्दा ऋणको ब्याज तिर्न बढी प्रयोग हुन सक्छ ।

कम्पनीको डेट टु इक्विटी रेसियो कम भएमा कम्पनीले लिएको ऋणको तुलनामा शेयरधनीले लगानी गरेको पूँजीको हिस्सा बढी भएको बुझिन्छ । यस्तै कम्पनीको डेट टु इक्विटी रेसियो बढी भएमा कम्पनीले बढी ऋण लिएको बुझिन्छ । त्यसैले डेट टु इक्विटी रेसियो धेरै कम पनि नभएको र धेरै बढी पनि नभएको कम्पनीमा लगानी गर्नुपर्छ । डेट टु इक्विटी रेसियो कम्पनीको कुल ऋणलाई कम्पनीको कुल इक्विटीले भाग गरेर निर्धारण गरिन्छ ।

रिटर्न अन इक्विटी (आरओई)
रिटर्न अन इक्विटी (आरओई)ले कम्पनीमा शेयरधनीको कुल इक्विटीमा भएको नाफा अध्ययन गर्न मद्दत गर्दछ । आरओई कम्पनीको कुल आम्दानीलाई शेयरधनीको इक्विटीले भाग गरी १०० ले गुणा गरेर निर्धारण गरिन्छ । लगानीकर्ताले आरओईको मद्दतले कम्पनीहरूबीच तुलना गरी लगानीको निर्णय गर्न सक्छन् । उदाहरणका लागि कम्पनी ‘क’ र ‘ख’ दुवैको नाफा ५ लाख रुपैयाँ छ । यस्तै कम्पनी ‘क’मा शेयरधनीको कुल इक्विटी ५० लाख र कम्पनी ‘ख’मा शेयरधनीको कुल इक्विटी १ करोड रुपैयाँ छ । लगानीकर्तालाई दुवै कम्पनीको नाफा ५ लाख रुपैयाँ भएकाले कुन कम्पनीमा लगानी गर्ने भन्ने अन्योल हुन सक्छ । प्रस्तुत उदाहरणमा कम्पनी ‘क’को आरओई १० प्रतिशत र कम्पनी ‘ख’को आरओई ५ प्रतिशत छ । दुवै कम्पनीको नाफा ५ लाख भए तापनि कम्पनी ‘क’को आरओई बढी भएकाले लगानीकर्ताले आरओईको आधारमा लगानी गर्दा कम्पनी ‘क’मा लगानी गर्दा बढी फाइदा हुन्छ । यसरी आरओईको मद्दतले दुई कम्पनीबीच तुलना गरेर  लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्न सकिन्छ ।

प्राइस टु बुक भ्यालू रेसियो (पीबी रेसियो)
प्राइस टु बुक भ्यालू रेसियो (पीबी रेसियो)ले कम्पनीको हाल कारोबार भइरहेको शेयरमूल्य कम्पनीको वास्तविक मूल्यभन्दा कम छ कि बढी छ भन्ने जानकारी लिन सघाउँछ । पीबी रेसियो कम्पनीको शेयरमूल्यलाई बुक भ्यालूले भाग गरेर निर्धारण गरिन्छ । बुक भ्यालू भन्नाले कम्पनी खारेज भएमा कम्पनीको ऋण लगायत सबै दायित्व भुक्तान गरी शेयरधनीलाई भुक्तानीका लागि बाँकी रहने रकम भन्ने बुझिन्छ ।

उदाहरणका लागि ५०० रुपैयाँ शेयरमूल्य भएको कम्पनीको बुक भ्यालू ५० रुपैयाँ छ भने उक्त कम्पनी खारेज भएमा कम्पनीले सबै दायित्व भुक्तान गरेपछि शेयरधनीले ५० रुपैयाँ मात्र पाउनेछन् । कम्पनीको पीबी रेसियो कम भएमा त्यस्तो कम्पनीको शेयरमूल्य कम भएको बुझिन्छ । लगानीकर्ताले पीबी रेसियोको आधारमा लगानी गर्नुअघि कम्पनीको आरओई पनि अध्ययन गर्न आवश्यक हुन्छ ।

Source: Internet

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker