१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जयेन्दु बाल सुधार गृहमा झडप र आगजनी – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारदेशफिचरमुख्य समाचारसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

जयेन्दु बाल सुधार गृहमा झडप र आगजनी

नेपालगन्ज, माघ २७ । बाँकेको डुलुवास्थित जयेन्दु वाल सुधार गृहमा रहेका बालकहरूको दुई समूहबिच बिहीबार झडप भएको छ ।  बिहीबार दिउसो दुई समूहबिच झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृह भित्र आगजनी समेत भएको छ ।

नेपालगन्जबाट भक्तपुर वाल सुधार गृहमा लैजानेक्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन । सिरक, डस्न लगायतका सामग्री रहेको सुधार गृह व्यवस्थापन पक्षले जनाएको छ । सुधार गृहमा यसअघि पनि पटक–पटक झडप हुने गरेको थियो । स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो ।

सुधार गृहमा करिब २२५ बढी बालकहरू रहेका छन् । वाल सुधार गृहका इन्चार्ज विमला काउचामगरले सुधार गृहमा तत्काल के गर्ने भनेर बैठक बसेर आवश्यक निर्णय गर्न लागेको जानकारी दिनुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button