१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वन्यजन्तु हेर्न जिप सफारी - Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारपर्यटनमुख्य समाचार

वन्यजन्तु हेर्न जिप सफारी

चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो ।

भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ । नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताउनुभयो । पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो ।

नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताउनुभयो । उहाँले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास ९होमस्टे० पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिनुभयो । पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ । पाहुनाको आगमन बढेसँगै घरबासको सङ्ख्या पनि बढाइने उहाँको भनाइ छ ।

विश्व वन्यजन्तु कोष ९डब्लुडब्लु एफ०को सहयोगमा घरबास निर्माण गरिएको हो । घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ । भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो । घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker