प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । सोमबार साँझदेखि एक्कासी ज्वरो आएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीलाई ज्वरो आउने क्रम विस्तारै कम भएको र खानासमेत रुच्न सुरु भएको छ। रगतसहितको सम्पूर्ण परीक्षणको रिपोर्ट समेत सामान्य आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
ज्वरो आएपछि प्रधानमन्त्री ओलीले सोमबार साँझदेखि नियमित काम स्थगित गरेका छन् । उनले अत्यावश्यकबाहेक अन्य सबै भेटघाटसमेत स्थगित गरेको सचिवालयले जनाएको छ । बुलेटिन अनुसार प्रधानमन्त्रीको ‘भाइटल’ तथा ल्याव परीक्षणको सुचक सामान्य रहेको छ।
मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिनको स्वास्थ्य बुलेटिन जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिइएको, नियमित हिँड्डुल गराइएको जानकारी दिएको हो ।
यस्तै प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ ।