१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लसुुनको अभाव हुँदा चाइनिज लसुनको आयात तेब्बरले बढ्यो
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशमुख्य समाचारसूचना / प्रबिधि

लसुुनको अभाव हुँदा चाइनिज लसुनको आयात तेब्बरले बढ्यो

चितवन । एक महिनामा लसुुनको मूल्य प्रतिकेजी ९० रुपैयाँ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा नेपाली लसुनको आयात नभएपछि चाइनिज लसुनको भाउ वृद्धि भएको हो ।

Nepal Himalayas Tours and Travel

गत माघ ६ गते प्रतिकेजी २५० रुपैयाँ रहेको लसुनको औसत मूल्य आज प्रतिकेजी ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाइनिज लसुुनको अधिकतम मूल्य ३५० रुपैयाँ तोकिएको छ भने न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कालिमाटीमा अहिले नेपाली लसुन आयात नभएको कालिमाटी बजार विकास समितिले जनाएको छ ।

यद्यपी, माघ २० गतेसम्म भने थोरै मात्रामा नेपाली लसुनको आयात भएको थियो । यता, एक महिनाको अवधिमा चाइनिज लसुनको आयात तेब्बरले वृद्धि भएको छ । गत माघ ५ गते एक हजार केजी लसुन आयात भएकोमा हिजो ३ हजार ३ सय केजी लसुन आयात भएको थियो । यस्तै, आज अदुवाको प्रतिकेजी न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २५० रुपैयाँ तोकिएको छ । आज अकबरे खूर्सानी २०० देखि २५० रुपैयाँसम्म कारोबार भइरहेको छ । यसैगरी, आज हरियो लसुन १२० देखि १४० रुपैयाँसम्म किनबेभ हुँदा हरियो प्याज ११० देखि १२० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

भैरहवा भन्सारमा लामो समय काम गरेका एक भन्सार अधिकृतका अनुसार पछिल्ला वर्षमा भैरहवासहित वीरगञ्ज, काँकडभिट्टा लगायतका क्षेत्रबाट बढी मात्रामा लसुन बिक्री हुने गरेको छ ।

‘यो हाम्रोभन्दा बढी भारतको चासोको विषय हो, हामीले यता जसरी अवैध चिनी ल्याएको वा चामल ल्याएको भनेर समातिरहेका हुन्छौँ भारततर्फ लसुन पनि समातिएको हुन्छ,’ एक भन्सार अधिकारीले भने ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button