२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

Nepal Himalayas Tours and Travel

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका सिंहलार्य राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button