Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण
प्रजातन्त्रलाई मजबुत बनाउन संविधान संशोधन गर्न सकिन्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई मजबुत बनाउनका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् ।
संविधान दिवसको सन्दर्भमा मङ्गलबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको कानुन विभागले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस-एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रको खिलाफमा नभई प्रजातन्त्रलाई मजबुत बनाउनका लागि हुने बताएका हुन् ।
कांग्रेस-एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरू भएकाले कुनै शंका नगर्न उनले आग्रह गरे । त्यस्तै देउवाले प्रदेश संरचनालाई हटाउन नसकिने भन्दै यसलाई अझ बढि उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उनले समानुपातिक विषयमा प्रश्न उठेपनि समावेशीको खिलाफमा जनमत नरहेको धारणा राखे ।
कतिपय समुदाय आफैँ चुनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको उनले बताए ।