सहकारी क्षेत्र बदनाम बनाईयो, अब सुधार्नु पर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठगहरू छिर्दा सहकारी क्षेत्र बदनाम भएको बताउनु भएको छ ।
साथै उहाले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको समेत बताउनु भयो। साना पुजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने र यस्तोमा सहकारी क्षेत्रको ठूलो भूमिका रहेकोमा केही ठगले गर्दा बदनाम हुन पुगेको ओलीले बताए।
स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने बताए। केही ठग तत्व सहकारीमा छिरेर समग्र सहकारी क्षेत्र लाई बदनाम गर्नकोमा राम्रोसँग अगाडि बढाउन सरकारले भूमिका खेल्ने प्रधानमन्त्रीको भनाइ छ।
सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।
उनले नवीन र सृजनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए।
आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन प्रधानमन्त्रीको जोड छ।
‘प्रविधि, सीप र पुजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न। यसलाई अभियानका रूपमा लानुपर्छ,’ उनले भने।
देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी नगर्ने प्रधानमन्त्रीको भनाइ छ। सरकारमा झन्डा हल्लाउन नआएको र यो उमेरमा आफूलाई फेरि प्रधानमन्त्री हुनु रहर नभएकोमा केही गर्ने जिम्मेवारी बोधका साथ सरकार निर्माण भएको उनले बताए।
अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए ।