४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लेक लागेर अन्नपूर्ण क्षेत्रमा अगिल्लो एक वर्षमा २१ पर्यटकको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

लेक लागेर अन्नपूर्ण क्षेत्रमा अगिल्लो एक वर्षमा २१ पर्यटकको मृत्यु

चितवन। पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा एक वर्षमा लेक लागेर २१ पर्यटकको मृत्यु भएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, लेक लागेर मृत्यु भएकामध्ये ६ जना नेपाली छन्। त्यस्तै, भारतका ११, मलेशियाका दुई, युक्रेन र बेलायतका एक-एक जनाको मृत्यु भएको आयोजना प्रमुख रविन कडरियाले बताए।

Nepal Himalayas Tours and Travel

उनका अनुसार, अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्। हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ। एकै पटकमा उचाइमा पुग्दा लेक लाग्ने समस्या आउने गरेका छन्।

यस्तै, एक वर्षमा पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। कास्कीमा स्वीडेन र जर्मनका तथा मनाङमा अमेरिकाका पर्यटकको मृत्यु भएको आयोजना प्रमुख कडरियाले बताए।

मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको सात महीनापछि मानव अवशेष भेटिएको थियो। “लामो दूरीको पदयात्रामा निक्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ,” उनले भने।

अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार १८० विदेशी पर्यटकले घुमफिर गरेका छन्। जसमध्ये एशियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक छन्।

सबैभन्दा बढी गत चैतमा ३५ हजार २६५ र सबैभन्दा कम साउनमा पाँच हजार ४०१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ५० हजार पर्यटक थपिएको उनले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button