Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक दुईतर्फी बन्द

चितवन। नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अबरुद्व भएको छ । काठमाडौंको मुख्य नाका नागढुङ्गा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । झ्याप्ले खोलामा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।
बेला–बेला पहिरो झर्ने क्रम जारी छ । ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।