२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको केरलामा पहिरो जाँदा ३५ जनाको मृत्यु, १०० भन्दा बढी पुरिए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

भारतको केरलामा पहिरो जाँदा ३५ जनाको मृत्यु, १०० भन्दा बढी पुरिए

नयाँ दिल्ली । भारतको केरलाको वायनाडमा मंगलबार पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।

घाइते ७० भन्दा बडीलाई अस्पतालमा भर्ना गरिएको छ भने एक सय जनाभन्दा बढी पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।

Nepal Himalayas Tours and Travel

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ ।

वायनाडका सांसद तथा विपक्षी नेता राहुल गान्धीले पनि उक्त क्षेत्रमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राहतका निम्ति कुनै समस्या आएमा आफूलाई बताउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

बीबीसीका अनुसार केरलाका स्वास्थ्य मन्त्री वीना जर्जले घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको भन्दै पहिरोमा पुरिएकाहरूको उद्धारको काम भइरहेको बताएकी छिन्।

उनले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताइन्। अझै पनि त्यस क्षेत्रमा वर्षा भइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको उनको भनाइ छ।

यसैगरी वायनाडका सांसदसमेत रहेका कांग्रेस आईका नेता राहुल गान्धीले घटना सुन्दा आफू व्यथित भएको उल्लेख गरेका छन्।

गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वायनाडमा भएको पहिरोको घटनाबाट म व्यथित छु। जसले परिवारका सदस्यलाई गुमाएका छन्, उनीहरूप्रति दुःख व्यक्त गर्दछु। पहिरोमा फसेका व्यक्तिको चाँडै उद्धार हुने विश्वास दिलाउँछु।’ केरलमा केही दिनदेखि अविरल वर्षा भइरहेको छ।

भारी वर्षाको पूर्वानुमानका कारण वायनाड जिल्ला र छिमेकी क्षेत्रहरू अलर्टमा छन्। राज्यका १४ मध्ये १० जिल्लामा विद्यालय र कलेज बन्द गरिएको छ ।
२०१९ मा, हाल प्रभावित क्षेत्रहरूबाट करिब १० किलोमिटर टाढा वायनाडको पुथुमालामा पहिरोले 17 जनाको मृत्यु भएको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button