११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंमा महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

काठमाडौंमा महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयो ।

लुटपाट कार्यमा मोटरसाईकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताउनुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button