१० आश्विन २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशप्रदेश १प्राविधिक समाचारफिचरमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसुदूरपश्चिम प्रदेशसूचना / प्रबिधि

टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी

चैत्र १२, काठमाडौं । संयुक्त राज्य अमेरिकाले टिकटक बिक्री गर्न वा सम्भावित प्रतिबन्धको सामना गर्न कम्पनीलाई चेतावनी दिएको छ । चिनियाँ कम्पनी बाइटडान्सकोस्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको अमेरिकी आरोप छ ।

अमेरिकाले बाइटडान्सलाई कम्पनीको सेयर बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको बारे सुरुमा ‘वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो । अहिले टिकटकले यो विषय पुष्टि गरेको बीबीसीले जनाएको छ ।

टिकटकमा संकलित लाखौँ व्यक्तिको तथ्यांक चिनियाँ सरकारसम्म पुग्न सक्ने अमेरिकी अधिकारीको चिन्ता छ । तर, बाइटडान्सले टिकटक बिक्री गरे पनि यसको डाटा प्रवाह र पहुँच परिवर्तन नहुने जनाएको छ ।

बाइटडान्सले टिकटक बेच्नुपर्ने र यसो हुँदा त्यो चीनबाट पूर्ण रूपमा अलग हुने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विश्वास छ ।
राष्ट्रिय सुरक्षा जोखिमको निरीक्षण गर्ने अमेरिकी विदेशी लगानी समिति (सीएफआईयूएस)को सर्वसम्मतिले टिकटकलाई बाइटडान्सबाट हटाउन सिफारिस गरेको जनाइएको छ ।

टिकटकका प्रवक्ताले यस विषयमा भनेका छन्, “यदि, राष्ट्रिय सुरक्षाको रक्षा गर्ने उद्देश्य हो भने बिक्रीले समस्याको समाधान गर्दैन । (टिकटकको) स्वामित्वमा परिवर्तन हुँदा डाटा प्रवाह वा पहुँचमा कुनै नयाँ प्रतिबन्ध लाग्ने छैन ।”

उनले थप भनेका छन्, “राष्ट्रिय सुरक्षाका बारेमा चिन्ता सम्बोधन गर्ने उत्तम तरिका भनेको अमेरिकामा अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षाको पारदर्शीता हो ।”

यसअघि, सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल पहिलोपटक टिकटकमाथि प्रतिबन्ध गर्ने चेतावनी दिइएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker