११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव

चैत्र १३, काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् ।
आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन् । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे ।

उनले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताए ।  सचिव सिंहले अनुशासनहिनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए । उनले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यक्ता रहेको बताए ।

उनले भने– ‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यवसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरु छन् हामीलाई थाहा छ, व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरु छन्, नयाँ प्रविधिको कुरा छ । तर यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरुको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ । अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलता बनाउनु हुनेछ । मन्त्रालयमा देखिने गरी सुधार भएको हेर्न चाहन्छ ।

उनले भने, ‘विगतमा सुधारका क्रमहरु चलेका छन्, तर त्यो सुधार अझैपनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । हामी समाजका बेथितिहरु, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्व राख्छ ।’ सचिव सिंहले प्रहरी प्रशासनमा अझैपनि पूर्ण रुपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button