१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रियाल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग खेल्ने – Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedखेलकुदताजा समाचारमुख्य समाचार

रियाल मड्रिड क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग खेल्ने

मोरक्को । स्पेनिस जायन्ट रियाल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मोरक्कोमा गएराति भएको सेमिफाइनलमा ला लिगा क्लबले इजिप्टको अल आलीमाथि ४ – १ गोलको सहज जित हात पारेको हो ।

केही मुख्य खेलाडी विना मैदान उत्रिएको रियालले ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लिएको थियो । भिनिसियस अल आलीको व्यवस्थित डिफेन्स तोड्न सफल भए ।

बाँकी गोल दोस्रो हाफमा भएका हुन् । ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले टिमका लागि दोस्रो गोल थपे । ६५ औं मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो । अली मालोउलले पेनाल्टीमा गोल गर्दै रियालसँगको दूरी २ – १ मा झारेका थिए ।

८७ औं मिनेटमा लुका मोड्रिच पेनाल्टीमा चुके । उनको प्रहार अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले बचाएका थिए । तर रियालका लागि यो पेनाल्टी महंगो सावित भने भएन । इन्जुरी समयमा रोद्रिगोले गोल गरेपछि रियाल बलियो स्थितिमा पुगेको थियो । लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासको गोलसंगै रियाल उपाधि नजिक पुग्यो ।

दश पटकको अफ्रिकन च्याम्पियन अल आलीले भने तेस्रो पटक फाइनल पुग्ने मौका गुमायो । अहिलेसम्म उसले युरोपियन प्रतिस्पर्धीलाई हराउन सकेको छैन । यसअघि अल आली सन् २००६, २०२० र २०२१ मा तेस्रो भएको थियो ।

रियालले शनिबार साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ । अल हिलाल ब्राजिलको फ्लामियालाई पराजित गर्दै फाइनल पुगेको हो ।

फ्लामियोलाई पराजित गरेपछि साउदीका खर्बपति प्रिन्स अल वालिद विन तलालले प्रत्येक खेलाडीलाई २ लाख ६६ हजार पाँच सय अमेरिकी डलर बोनसको घोषणा गरेका छन् । खेलकुद मन्त्रालयले पनि राष्ट्रिय टिमका हरेक खेलाडीलाई ६ लाख रियाल दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button