३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सन्दीपलाई समेट्दै एकदिवसीय शृंखलाका लागि नेपाली टिम घोषणा - Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedखेलकुदताजा समाचारमुख्य समाचार

सन्दीपलाई समेट्दै एकदिवसीय शृंखलाका लागि नेपाली टिम घोषणा

काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत फेब्रुअरी १४ देखि नेपालमै हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि घोषित नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछाने पनि परेका छन्। गत भदौमा नाबालिग बलात्कारको आरोपछि निलम्बनमा परेका सन्दीपलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले समावेश गरेको थियो।

आगामी मंगलबारबाट त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित शृंखलाका लागि बिहीबार घोषित टिममा सन्दीपलाई पनि समावेश गरेको क्यानले जानकारी दिएको छ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टिम कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुल्शन झा, भीम सार्की र सूर्य तामाङ छन्। सूर्य पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन्।

यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद वैकल्पिक खेलाडीको सूचीमा छन्। घरेलु मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपालका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि डेब्यू गर्नेछन्।

Related Articles

Back to top button