११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
‘केएलफ’बुक अवार्डमा दुई नेपाली साहित्यकारको कृति चयन - Nepal Rastra Khabar
Uncategorizedफिचरबिचारमुख्य समाचारसफलताको कथासाहित्य/ सिर्जना

‘केएलफ’बुक अवार्डमा दुई नेपाली साहित्यकारको कृति चयन

हालै नेपालमा आयोजना भएको कलिंगा लिटररी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२’ का लागि विभिन्न श्रेणीमा अवार्डहरू घोषणा गरेको छ । विजेतालाई फेबु्रअरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिसा, भारतमा आयोजना हुने वार्षिक कलिंगा लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।

१३ माघ, चितवन  । हालै नेपालमा आयोजना भएको कलिंगा लिटररी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२’ का लागि विभिन्न श्रेणीमा अवार्डहरू घोषणा गरेको छ । विजेतालाई फेबु्रअरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिसा, भारतमा आयोजना हुने वार्षिक कलिंगा लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।

पुरस्कृत पुस्तकहरू साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेन्ड यी सबै वर्गमा प्रकाशित प्रकाशकद्वारा पेस गरिएका पुस्तकबाट चयन गरिएको हो ।

प्रतिष्ठित ‘केएलफ बुक अवार्ड २०२२’ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखकहरू चुनिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ का लागि र लेखक सुमित शर्मा ‘समीर’को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ ‘केएलफ बुक अवार्ड २०२२’ का लागि छनोट भएका हुन् ।

पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अंग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्तासमेत रहेकी छन् । सुमित शर्मा ‘समीर’ लन्डन स्कूल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुन् ।

भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम २४, २५ र २६ फेबु्रअरी २०२३ मा हुने केएलफ पुस्तक पुरस्कारहरू निर्णायकको सिफारिसका आधारमा चयन गरिएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button