११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी कलेजले माग्यो माफी
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदुर्घटना विशेषबिचित्रमुख्य समाचारसुरक्षा/अपराधहत्या प्रकरण

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी कलेजले माग्यो माफी

चितवन। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ ।

रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

Nepal Himalayas Tours and Travel

‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र हाम्रो कलेको कर्मचारीको गैर जिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुःखी हुँदै माफी चाहन्छौँ, ‘ उनले विज्ञप्तिमा भनेका छन्, ‘ हामी नेपाली विद्यार्थीलाई त्यतिकै माया गर्छौँ जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौँ।’

उनले नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।

उक्त कलेजले नेपालबाट पढ्न गएका १४ सय विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही गरिसकेको छ ।

central college 2048x300

यसअघि केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जाँचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।

क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणको लागि कन्ट्रोल रुम सञ्चालन गरिएको कलेजले जनाएको छ ।

विज्ञप्ति :

kiit college india

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button