बूढानीलकण्ठबाट ३८ थान ल्यापटपसाहित अनलाइन बेटिङ गर्ने २४ जना पक्राउ

चितवन। प्रहरीले बूढानीलकण्ठको एक घर छापा मारेर २४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति अनलाइन बेटिङ खेलाइरहेको आशंकामा दोस्रोपटक छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ ।
यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ । प्रहरीका अनुसार स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेका थिए ।
उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए । त्यसका लागि स्काई एक्सचेन्जकै मान्छेहरूले लगइन गर्नेलाई युजर आईडी र पासपोर्ट बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनलाइन गेम तथा बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाउने उक्त भारत पुर्याउने गरेको प्रहरीले बताएको छ ।