११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तनहुँबाट भरूवा बन्दुक सहित दुईजना पक्राउ
Banner Newsताजा समाचारमुख्य समाचारसुरक्षा/अपराध

तनहुँबाट भरूवा बन्दुक सहित दुईजना पक्राउ

चितवन। तनहुँ प्रहरीले भरूवा बन्दुक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवघाट गाउँपालिका–४, आमडाँडा बस्ने ६१ वर्षीय संखबीर गुरूङ र सोही गाउँपालिका–४, खोडे बस्ने ६८ वर्षीय कृष्णबहादुर गुरूङ छन् ।

Nepal Himalayas Tours and Travel

प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

central college 2048x300

प्रहरीका अनुसार संखबीरको घरबाट लुकाइ राखिएको अवस्थामा एकनाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ । यस्तै, कृष्णबहादुरको घरमा पनि लुकाइ राखिएको एकनाले बन्दुक फेला परेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button