२४ पुष २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रविले स्वर्णलक्ष्मी सहकारीको ७५ लाख रेमिट्यान्स मार्फत विदेशमा पठाएको पुस्टि
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारप्राविधिक समाचारमुख्य समाचाररवि लामिछाने विशेषसहकारी प्रकरण

रविले स्वर्णलक्ष्मी सहकारीको ७५ लाख रेमिट्यान्स मार्फत विदेशमा पठाएको पुस्टि

चितवन। रास्वपा सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ७५ लाखभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ ।

आइतबार सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दायर गरेको अभियोगपत्रमा रविले स्वर्णलक्ष्मी सहकारीबाट ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको उल्लेख छ ।

Nepal Himalayas Tours and Travel

सन् २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको निष्कर्ष छ । बयानमा रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

central college 2048x300

सरकारी वकिलले लामिछाने सहित ३९ जनालाई प्रतिवादी कायम गर्दै मुद्दा दायर गरेको छ । जसमा लामिछाने, पूर्वडीआईजी छविललाल जोशी र कुमार रम्तेल कास्की प्रहरीको हिरासतमा छन् भने २ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button