२३ पुष २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आजदेखि प्रतिवादीतर्फको पालाे, रविलाई जाेगाउन १५ कानुन व्यवसायीले बहस गर्ने
Banner NewsBanner news (with photo)ताजा समाचारप्राविधिक समाचाररवि लामिछाने विशेषसहकारी प्रकरणसुरक्षा/अपराध

आजदेखि प्रतिवादीतर्फको पालाे, रविलाई जाेगाउन १५ कानुन व्यवसायीले बहस गर्ने

चितवन। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट बहस हुँदैछ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस हिजो (बिहीबार) सकिएपछि आजदेखि रास्वपा सभापति रवि लामिछाने सहित प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका हुन् । बिहीबार एक सय २१ जना सहकारी पीडित (जाहेरवाला)का तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

Nepal Himalayas Tours and Travel

आज भने प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन् । लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

आज सुरुमा पूर्वडिआइजी जोशीका ६ जना कानुन व्यवसायीले बहस गरिसकेपछि मात्रै आफुहरुको पालो आउने लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए ।

central college 2048x300

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button