१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मध्यरातमा महिलाको शव सडक छेउमा फालेको देखिएपछि
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

मध्यरातमा महिलाको शव सडक छेउमा फालेको देखिएपछि

काठमाडौं । मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सीसीटीभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सीसीटीभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् ।

Nepal Himalayas Tours and Travel

प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौंको कालीमाटीमै भएको छ । यही मङ्सिर ७ गतेको घटना विवरण आइतबार सार्वजनिक भएपछि सबै चकित छन् । सीसीटीभीमा देखिएको उक्त दृश्यपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जीसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेको र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

working visa japan sushi bombarअनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जीसीले जानकारी दिए ।

मल्लले सीसीटीभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ ।

काठमाडौं । मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सीसीटीभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सीसीटीभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् ।

प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौंको कालीमाटीमै भएको छ । यही मङ्सिर ७ गतेको घटना विवरण आइतबार सार्वजनिक भएपछि सबै चकित छन् । सीसीटीभीमा देखिएको उक्त दृश्यपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जीसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेको र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जीसीले जानकारी दिए ।

मल्लले सीसीटीभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button