रवि लामिछाने रिहाइको माग गर्दै कार्यकर्ताद्वारा माइतीघरमा प्रदर्शन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् ।
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।
‘रवि दाइलाई न्याय दे’ , ‘राजनीति प्रतिशोध बन्द गर ‘, ‘रवि दाईलाई रिहा गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् । लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ ।
लामिछानेलाई पछिल्लोपटक १५ दिनका लागि अदालतले म्याद थपेको छ ।