१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मेडिसिटी अस्पतालको लापरवाही : बिरामीको ज्यान गयो, मृगौला पनि "गायब"
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

मेडिसिटी अस्पतालको लापरवाही : बिरामीको ज्यान गयो, मृगौला पनि “गायब”

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चरम लापरबाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।

मृतकका आफन्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Nepal Himalayas Tours and Travel

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी पुनः अस्पताल भर्ना भएका थिए । कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मिर्गौला निकालीदिएको थियो ।

मिर्गौला निकालेको भोलि पल्ट नै बिरामीको मृत्यु भएपछि आफन्तले मृत्युअघि नै बिरामीको मृगौला गायब पारिदिएको आरोप लगाएका छन् । र त्यसकाे जिम्मा अस्पतालले लिनुपर्ने उनीहरूकाे अडान छ।
‘फलोअप’ का लागि भर्ना भएको बिरामीको ज्यानै गएपछि अहिले परिवार र आफन्त अस्पतालले लापरवाही गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आफन्तले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई लाश नबुझ्ने अडान लिएका छन् । अस्पतालले भने सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र डिस्चार्ज गरेर घर पठाएको दाबी गरेको छ ।

अस्पतालका सूचना अधिकृत डा.राजु रानाले प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताए । मिर्गौला प्रत्यारोपण गरेको करिब दुई महिनापछि इन्फेक्सन भएर बिरामीको मृत्यु भएको उनको भनाई छ ।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ । कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफन्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवत जावतमा समस्या निम्त्याएको डा.राना बताउँछन् ।

डा.रानाका अनुसार इन्फेक्सन शरीरभरी फैलिसकेपछि परिवारको सल्लाहमा नै प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायोप्सीको लागि पठाइएको हो । इन्फेक्सन शरीरभरी फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको डा.रानाले जानकारी दिए ।

तर जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले भने जाहेरी लिन नमानेको भन्ने सत्य नभएको बताउँछन् । अहिलेसम्म आफूहरुकहाँ जाहेरी नै नआएको बताउँदै भने, ‘जाहेरी पर्नासाथ आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछौं ।’ मृत्तकका आफन्त कार्तिक २३ गतेदेखि अस्पतालको लापरवाहीको विरोधमा आन्दोलन गरिरहेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button