२६ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एसियाली विकास बैङ्क(एडिबी)ले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

एसियाली विकास बैङ्क(एडिबी)ले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

एजेन्सी । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ ।

Nepal Himalayas Tours and Travel

प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ ।

परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश छन् । एडीबीका अनुसार पख्तुनख्वा प्रान्तका केही भागमा वर्षा र तापक्रम उल्लेखनीय रूपमा बढेको छ भने मौसमी प्रकोपको प्रभाव र पूर्वाधार अभावले मानिसको जीविकोपार्जनमा कठिनाई बढाएको छ ।

सन् २०१० देखि बाढीका घटनाहरूले सडक सञ्जाललाई ठूलो क्षति पुर्याएकाे, कनेक्टिभिटीमा बाधा पुर्याउदा यातायात लागत बढेको एडीबीले जनाएको छ । परियोजनाले प्रान्तको सडक सञ्जालको जलवायु र दिगोपन बढाउने दीर्घकालीन लक्ष्य तयार गर्न सरकारलाई सहयोग गर्न प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button