३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सहकारीको साढे ३ करोड अपचलन, गाउँपालिका अध्यक्ष फरार - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सहकारीको साढे ३ करोड अपचलन, गाउँपालिका अध्यक्ष फरार

चितवन। स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष फरार भएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको अनुमतिमा अध्यक्ष कुँवरविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएपछि गाउँपालिका अध्यक्ष कुँवर फरार छन् । उनको मोबाइल फोन अफ छ ।

Nepal Himalayas Tours and Travel

बाँडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको विरुवास्थित सेवा केन्द्रबाट बचतकर्ताको रकम अपचलनमा उनी मुछिएका हुन् ।

तत्कालीन समयमा कुँवर सहकारीको सचिव रहेको अवस्थामा बचत हिनामिना भएको पाइएको छ ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा कुँवरले बचत अपचलन गरी एमालेनिकट प्रदेश सांसदलाई रकम दिएको र स्वयंमले समेत निर्वाचनमा खर्च गरेको भेटिएको छ ।

छानबिनका क्रममा विरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपियाँ हिनामिना भएको पाइएको छ ।

सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए ।

स्याङ्जा प्रहरीले मंगलबार विरुवा गाउँपालिका–८ कार्कीडाँडाका ५८ वर्षीय केसी र मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिका शाखाकी कर्मचारी स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेकी २१ वर्षीया सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले साउन ११ मा सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेलाई २० दिनअघि पक्राउ गरि अनुसन्धान थालिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button