२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गगनको मन्त्रीहरूलाई सुझाव: एक महिना नबोल्ने ब्रत लिनुहोस्, हामी बोल्छौँ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

गगनको मन्त्रीहरूलाई सुझाव: एक महिना नबोल्ने ब्रत लिनुहोस्, हामी बोल्छौँ

चितवन। नेपाली कांग्रेस सांसद गगन कुमार थापाले परिणाम आउनेगरी काम गर्न नेपाल सरकारका मन्त्रीहरूलाई आग्रह(सुझाव) गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले अबको एक महिना नबोली काम गर्न मन्त्रीहरूलाई सुझाव दिएका हुन्।

Nepal Himalayas Tours and Travel

उनले उद्घाटन र भाषण छाडेर जनताको काममा इमान्दार भएर लाग्न अनुरोध समेत गरे। मन्त्री थापाले त्यसका लागि छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै इच्छाशक्ति भए पुग्ने बताए।

२० मिनेट लामो सम्बोधनका क्रममा थापाले संविधान निर्माण, सुशासन र विकास निर्माणमा सरकारले कसरी काम गरोस् भन्ने चाहेको छ भनेर राखे । साथै अघिल्ला प्रधानमन्त्रीलाई झै खबरदारी गरे, ‘डन्ट टेक अस फर ग्रान्टेड ।’

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमा नयाँ सरकार गठन भएको एक महिनापछि मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री थापाले आफू सरकार बनाउने काममा धेरै नलागेको बताए ।

उनले भने,’भदौ एक महिनासम्म मन्त्री ज्यूहरू नबाेल्दिनुस, साउन महिना सकियो। अब भदौ एक महिना मान्य मन्त्रीहरुले नबोल्ने उद्घाटन नगर्ने व्रत लिनुस्। तपाईँहरू काम गर्नुस् त्यसको प्रचार गर्ने जिम्मा हाम्रो हो।’माननीय मन्त्रीहरू गर्ने ठाउँमा हुनुहुन्छ।

प्रत्येक दिन मन्त्रीहरूको भाषण सुनिरहेका छौं। हामी देश विकास गर्न आएको हौं, चमत्कार गर्छौं। उनले अझै भन्दै गए ,”तपाईंले एक महिना नबोल्नुस्। भदौभरी हामी बोल्छौं। हामी यति बोल्छौं कि तपाईं एउटा मात्रै काम गरिदिनुहोस्। त्यसको पाँच गुणा प्रचार गर्ने जिम्मेवारी हाम्रो हो।” धमाधम तपाईंहरूले काम गर्ने । हामी यहाँ बोल्ने र चित्त नाबुजेको कुरामा टेबुल ठोक्ने। तपाईं बाहिर बोल्दै नबोल्नुहोस्,’उनले भने,’ यहाँ आउने। हाम्रो कुरा सुन्ने। परिणाम दिनेगरी काम गर्ने। कुनै मन्त्रीको अन्तर्वाता सुन्न नपरोस्। ‘

प्रधानमन्त्रीलाई पनि भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर भन्ने भन्दा पनि कानुन निर्माण, सुशासनका काममा केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि सरकारलाई मदत आफूहरु तयार रहेको भन्दै महामन्त्री थापाले भने, ‘हामीले मद्दत गर्न चाहेको कुरा सरकारले बुझोस्, तर डन्ट टेक अस फर ग्रान्टेड ।’

प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा पनि ‘मलाई भोट हालेको सांसद हो, हामीले जे भने पनि थपडी बजाउँछन् भनेर नलिइयोस्’ भनेर आफूले भनेको स्मरण गर्दै थापाले अगाडि भने, ‘यो हाम्रो सरकार हो, कामी यसलाई सफल बनाउन चाहन्छौं ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button