२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
हिजो र आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारस्वास्थ्य

हिजो र आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बुटवल । सरकारले हिजो र आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागेको हो।

स्वास्थ्य सेवा विभागले छ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाकोऔषधि खुवाइने जानकारी दिएको छ।

देशभरीका करिब ३२ लाख बालबालिकाले भिटामिन ‘ए’ तथा २९ लाख बालबालिकाले जुकाको औषधि खाने अनुमान सरकारले गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर आज र भालि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने छन्। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाउने तयारी छ।

‘भिटामिन ए र जुकाकोऔषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने छन्,’ थापाले भने, ‘यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अभिभावकलाईअनुरोध गर्नेछन्।’

सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकोऔषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker