Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह
गण्डकीमा कार्यविभाजन : चुमानलाई अर्थ, दीपक मनाङेलाई भौतिक मन्त्रालय
पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिक सुशीला सिम्खडा मन्त्री थिइन् ।केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसको भोलिपल्ट माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ ।
यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए ।
गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय छन् ।